२०८१ साल मंसिर २० गते तेह्रथुम जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख वालकृष्ण ढुंगेल र यस क्याम्पसका पूर्व विद्यार्थी लक्ष्मीनारायण मिश्र यस क्याम्पसमा आउनुभएको अवसरमा क्याम्पसको समग्र अवस्था र शिक्षा क्षेत्रका विद्यमान चुनौती लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भयो साथै क्याम्पस र शिक्षा एकाइ बीच आगामी दिनमा पारस्पारिक सम्झौता (MOU) गरी आपसी हितमा सहकार्य गर्ने समेत सहमति भयो।