त्रिवि केन्द्रीय कार्यालयको आर्थिक सहयोगमा ८ कोठा भएको २ तले शिक्षण भवनको Muben Namlak Sewa J.V पाँचथरले निर्माण सम्पन्न गरी क्याम्पसलाई हस्तान्तरण गरिसकेको छ। यो शिक्षण भवनको त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले शिलान्यास गर्नुभएको थियो। शिक्षण भवनको औपचारिक उद्घाटन पश्चात यस भवनमा नियमित कक्षाहरु सञ्चालन हुने छन्।